५ पेसागत अध्यक्षले जारी गरे शिक्षक आन्दोलनको नयाँ खाका

प्रस्तुत विषयमा चार लाख शिक्षक कर्मचारीहरुको पेसागत भविस्य शैक्षिक सुशासन, ट्रेड युनियन अधिकार, पेसागत वृत्तिविकास लगायतका सवालमा शिक्षक महासंघ भित्रकाका केहि स्वार्थी समूहले महाधोखा दिई हामीलाई सडकमै छोड्ने वातावरण निर्माण गरेपछि मिति २०८० असोज ३ गते देखि काठमाण्डौ केन्द्रीत सडक आन्दोलनमा आज सम्म पनि शसक्त प्रदर्शन सहित हजारौको संख्यामा शिक्षक तथा कर्मचारी साधीहरु आफ्नो पेसागत हितका लागि लडाई लडिरहेको व्यहोरा सबैमा जानकारी नै छ । तर,अहिले सम्म राज्यले औपाचारिक रुपमा हाम्रो माग सम्बोधन गर्न गाम्भिर्यता नदेखाएकोले अबका दिनमा सडक आन्दोलनलाई थप उचाईमा पुर्याउदै शसक्त दबाब र प्रभाव सिर्जना गर्न आवश्यक देखिएकोले आज मिति २०८० असोज ७ गते तपशीलका पेसागत समूहहरुको संयुक्त बैठकले देशभरका सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरुलाई काठमाण्डौंमा उपस्थित गराउने निर्णय भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई शसक्त पेसागत आन्दोलन सफल बनाउन काठमाडौ जाने वातावरण तयार गरिदिनुहुन सबै स्थानीय तहका सरकार प्रमुख ज्युहरु, देशभरका सम्पूर्ण प्रधानाध्यापक ज्युहरु, अभिभावक ज्युहरु, प्यारा विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक अपिल गर्दछौ ।

१. खेमराज अधिकारी, अध्यक्ष, नेपाल राहत शिक्षक केन्द्रीय समिति

२ कृष्णकुमारी थापा, अध्यक्ष, नेपाल बालविकास शिक्षक केन्द्रीय समिति

३. अमृत कार्की, अध्यक्ष, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति

४. ज्ञानप्रसाद भट्टराई, अध्यक्ष, हिस्टुन स्काई

५. शसि केसी, अध्यक्ष, सामुदायिक विद्यालय कर्मचारी संघ