राजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगी तलेजु भवानीलगायत मन्दिरको दर्शन गर्दै भक्तपुरका जनतासँग अन्तरक्रिया सकेर फर्केका छन् ।शाह भक्तपुर पुग्दा त्यहाँ जनलहर बेस्सरी उर्लेकाले सुरक्षाकर्मी र स्वयंमसेवकले थाम्न झन्डै हम्मेहम्मे परेको थियोे । आइतबार दिउँसो ३ बजे भक्तपुर दरबार स्क्वायर पुग्दा शाहलाई नरनारीहरुकोको भीडले घेरेको थियो ।
देशका विभिन्न जिल्लाबाट समेत आइपुगेका पूर्व राजा समर्थकको भीडले राजा आउ देश बचाउ लगायतका नाराबाजी गरेका थिए । हात हातमा देशको झण्डा बोकेका जुनसुकै वर्गका सर्वसाधारण घामको परवाह नगरी घण्टौं लाइनवद्ध भएर पूर्व राजालाई भेट्न कुरी बसेकाहरुले नेताले केही गर्न सकेनन् अब राजा र राजसंस्था चाहिने बताएका छन् ।
देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारीलगायतका कारण दलका क्रियाकलापप्रति बढ्दो वितृष्णा अनि राजसंस्थाप्रतिको आस्था यी नागरिकको मन मस्तिष्कमा प्रष्टै देखिन्थो । भक्तपुरको मौलिक परम्परा झल्कने नृत्य प्रस्तुत गरिदा पूर्व राजा शाहले अभिरुची पूर्वक अवलोकन गरे । आफूलाई भेट्न आएका सर्वसाधारणको हात समातेर सदभाव प्रकट गर्दै राजा मुस्कुराउँदै हिंड्थे ।उनले आज जनतासँग मुस्कुराएर भलाकुसारी गरे ।