बालकुमारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २३ वर्षीय शैलेस बज्राचार्य छन् ।
ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित सडकमा बा.१७ प ७८८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते बज्राचार्यको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बालकुमारी बढी दुर्घटना हुने क्षेत्रको रुपमा चिनिंदै आएको छ ।
मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु
