मोटरसाइकल दुर्घटनामा ललितपुरका मा वि शिक्षकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा दुर्घटनामा परेर चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँको मृत्यु भएको हो ।जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार बजगाईं बाग भैरव माविका शिक्षक थिए । गएराति बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको मोटरसाइकल उनले चलाएका थिए । बजगाईंको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको बुझिएको छ ।
सामाजिक सञ्जालमा उनको मृत्युको खबर पनि बाहिरिएको छ ।