राष्ट्रपतिबाट अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण

राष्ट्रपतिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई पेश हुन आएको विधेयक राष्ट्रपति र रामचन्द्र पौडेलले शुक्रबार प्रमाणीकरण गर्नुभएको हो ।