काठमाडौंमा रातभर देउसी खेल्न पाइने, ललितपुरमा ९ बजे सबै बन्दव्यापारीहरु सुतिसक्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातभर देउसी-भैलो खेल्न दिने निर्णय गरेको छ । ललितपुरमा भने ८ बजे नै बन्दव्यापारीहरु घर जाने र नौ बजे प्रायः सुतिसक्ने भएकाले समय तोकिएको छैन् ।

जिल्ला सुरक्षा समितिको बैठकले नेपालीको परम्परागत चाड भएकाले रातको समयमा देउसी भैलो खेल्न कुनै समय निर्धारण नगर्ने निर्णय गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले देउसीका लागि आवश्यक सबै सुरक्षा व्यवस्था मिलाउने जनाएको छ । केही समयअघि १ बजे राति सम्म देउसी भैलो खेल्न पाउने भन्दै महानगरीय निर्णय गरेको थियो ।

चाडबाड विषेश सुरक्षा योजना लागू गरिरहेको काठमाडौं प्रहरीले रातको समयमा देउसी खेल्ने नाममा अवाञ्छित गतिविधि गर्ने समूहलाई कारबाही गर्ने जनाएको छ ।

मादक पदार्थ सेवन र इच्छाविपरीत कसैको घरमा देउसी खेल्न नजान पनि प्रहरीले सुझाएको छ ।
अधिकांश जिल्लामा रातिको १०,११ बजे सम्म देउसी भैलो खेल्ने समय तोकिएको छ । काठमाडौँका व्यवसायीले ९ बजेसम्म व्यवसाय खुला राख्ने र ललितपुरमा ८ बजे प्राय: व्यवसायिक सटक बन्द गर्न प्रहरीको निर्देशन चल्नाले देउसी भैलो खेल्ने समय पनि ९,१० नबेनै सकिने आँकलन गर्न सकिन्छ ।