बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका १ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्का मृत भेटिएका छन् । उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो । यो घटना काठमाडौँ महानगरपालिका १४ मा पर्छ ।
त्यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका ३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका ३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको पनि आजै शव भेटिएको छ ।
अर्का मृतक सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमार छन् ।उनको कमला खोलामा डुबेर आज मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नुहाउने क्रममा उनी डुबेका थिए तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।