ललितपुरको बालकुमारी घटनाका मृतक परिवार र सरकारबीच सोमबार ४ बुँदे सहमति

सरकार र बालकुमारी घटना सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बुंदे सहमति भएको छ । ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने र परीक्षा दिने विषयलाई लिएर भएको झडपमा अछामका २२ वर्षीय विरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।सोमबार भएको सहमति पत्रमा मृतकका परिवारका १ १ जनालाई उपयुक्त खालको रोजगारी उपलब्ध गराउने, सरकारले राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र सहजीकरण गर्ने, मृतक विरेन्द्र शाह, सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने र मृतकका परिवारले आजै शव बुझ्ने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पु¥याउने प्रबन्ध गृह मन्त्रालयले गर्ने उल्लेख रहेको छ। सरकारका तर्फबाट गृह मन्त्रालयका उप सचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट परिवारका सदस्यले सहमतिमा हस्ताक्षर गरेका थिए ।