इस्वी संवतलाई नेपालमा खासै चासो दिइदैन तर यसपाली नयाँ वर्षको रुपमा सामाजिक सञ्जालमा पोष्ट भाइरल बनेका छन् ।यस नयाँ वर्षसँगै नेपालमा टोपी दिवसको चर्चा चल्न थालेको छ ।पाटनका नेवारहरूले पनि चट्ट ढाका टोपी लगाएर आजको पर्व मनाएका छन् । टोपी दिवसको चर्चा चलिरहँदा धोती दिवस भन्दै जुलुस गरेका केही प्रदर्शनकारी माइतीघरमा पक्राउ परेका छन् ।पहाडमा टोपी र तराईमा धोती लगाउने पूर्खौली संस्कृति लोपोन्मुख अवस्थामा छ ।जे होस नेपालमा बसेर दौरा,सुरुवाल र ढाकाटोपी लगाउँदा पुरुषले र चोली, फरिया र पटुकी लगाउँदा महिलाले नेपाली पहिचान जोगाउनमा मद्दत अवस्य पुग्ने देखिन्छ ।कसैले यस्तो पहिरनलाई पुरातन संस्कृति मान्न सक्लान् तर नेपाली धर्म संस्कृतिको रक्षार्थ पोशाकको पनि उल्लेखनीय भूमिका रहन्छ भन्ने कुरालाई कसैले भूल्न हुदैन।भाषा, संस्कृति भू्ल्दै जाँदा राष्ट्रियता भूल्न पुगिएला कि भनेर सबैले सोच्न अपरिहार्य छ ।यसो भन्दैमा आधुनिक संस्कृतिको विरोध जनाउनु पनि विश्व परिवेश नबुझ्नु ठहर्छ ।
यस्तो छ नेपाली राष्ट्रिय पोशाक दृश्य: