सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्नेच्युटको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्नेच्युटको भूकम्प गएको छ।आइतबार राति करीब १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे बिस्तृत विवरण आइसकेको छैन्।