आज २०२४ जनवरी १, कसरी सुरु भयो त नयाँ वर्ष प्रचलन ,जान्नै पर्ने केही कुराहरु?

आज २०२४ जनवरी १ तारिक हो । रोमन सम्राट जुलियस सिजरले इशापूर्व ४५ मा एउटा नयाँ पात्रोको सुरुवात गरे । उक्त पात्रोलाई जुलियन क्यालेन्डर भनियो । त्यही बेला विश्वमा पहिलोपटक १ जनवरीलाई नयाँ वर्षको पहिलो दिनको रुपमा मानिएको थियो ।

तर अर्को रोचक कुरा के भने जुलियन क्यालेन्डरले इशापूर्व ४७१३ को जनवरी १ लाई आफ्नो पात्रोको पहिलो दिन मानेको थियो । यस अनुसार हालको अंग्रेजी नयाँ वर्षको सुरुवात ६ हजार ७ सय ३२ वर्ष पहिले भएको मानिन्छ ।

त्यस यता अहिलेसम्मै अंग्रेजी क्यालेन्डरमा नयाँ वर्षको रुपमा जनवरी १ लाई मानिँदै आएको छ ।

जुलियस सिजरले नै वर्षमा १२ महिना र ३ सय ६५ दिन हुने प्रचलन बसाले । जुलियन क्यालेन्डर झण्डै १६ सय वर्षसम्म प्रचलनमा रह्यो । त्यसपछि जुलियन क्यालेन्डरको ठाउँमा ग्रेगोरियन क्यालेन्डर प्रचलनमा आयो । जसलाई पोप ग्रेगरी प्रचलनमा ल्याए । जुन अहिलेसम्मै प्रचलनमा रहेको छ ।

एजेन्सी