इष्टुले काठमाडौं उपत्यकामा विशेष अभियान सुरु गर्ने

३१ असार २०८० काठमाडौं । इष्टुले काठमाडौं उपत्यकामा विशेष अभियान सुरु गर्ने भएको छ । शनिबार (ISTU)जिल्ला समन्वय समिति काठमाडौंद्वारा आयोजना गरिएको कार्यक्रममा गरिएको थियो । काठमाडौं, ललितपुर र भक्तपुरका राष्ट्रिय समिति सदस्य तथा जिल्ला पदाधिकारी लगायत इकाई प्रतिनिधित्व सदस्यहरु कार्यक्रममा उपस्थित थिए। इष्टुले बागमती प्रदेश भेलामा उपत्यकामा पनि विशेष कमिटि बनाउने निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा इष्टुले भावी कार्ययोजना निर्माणका लागि उपत्यकाव्यापी अगुवा साथीहरूको वृहत जमघट राखेर नियुक्ति पत्र, संचय कोष, सेवासुविधा वृद्धि जस्ता विषयमा छलफल चलाएको हो ।

कार्यकर्ममा करीब डेढ सय शिक्षकको उपस्थित रहेको काठमाडौं जिल्ला अध्यक्ष भूपाल उप्रेतीले न्युजकिरण डटकम अनलाइन खबर लाई जानकारी दिए । कार्यक्रममा इष्टुका राष्ट्रिय समिति अध्यक्ष होमकुमार थापा, उपाध्यक्ष देबीदत्त पौडेल, राष्ट्रिय समिति सदस्य तथा बागमती प्रदेश उपाध्यक्ष विष्णु
आले लगायत अतिथिहरु उपस्थिति रहेको थियो। भृकुटी मण्डप स्थित पद्मोदय मा.वि.,प्रदर्शनी मार्गमा करीब ५ घन्टा सो कार्यक्रम योजना भएको इष्टु काठमाडौंका निवर्तमान अध्यक्ष सुरेश भट्टले बताए ।


उपत्यका विशेष कमिटि इष्टुले साउथ एसियन टिचर एसोसिएसनका उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित होमकुमार थापालाई खादा ओडाएर सम्मान गरेको थियो ।