आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।यो घटना पाकिस्तानमा घटेको हो ।
द डन समाचार पत्रका अनुसार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू हुन लागेको र्यालीमा आत्मघाती बिस्फोट भएको थियो। बिस्फोटमा परी र्यालीमा खटेका मास्तुङका डिएसपीको मृत्यु भएको छ भने
१३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ
बिस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिएको बताइएको छ
-एजेन्सी