बनेपाबाट सिन्धुलीतर्फ आउदैँ गरेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बनेपाबाट सिन्धुलीतर्फ आउदैँ गरेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार सिन्धुलीतर्फ आउदैँ गरेको बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल विपी राजमार्गस्थित रोशी गाउँपालिका–११ माम्तीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको डीएसपी राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बनेपा नगरपालिका–१० जनागाल बस्ने २५ वर्षीय सर्वेश्वर हुमागाई रहेका छन् । मोटरसाइकल अनियन्त्रित भइ सडकको डिभाइडरमा ठोक्किएर नालीमा खसेको थियो । घाइते भएका हुमागाईलाई धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।