विद्यालयमा विद्यार्थीहरू एक्कासी ढल्ने र बेहोस हुने भएपछि एक्कासी शुक्रबार बिदा

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ मा रहेको जनता माध्यमिक विद्यालयले शुक्रबारका दिन बिदा दिएको जनाएको छ ।विद्यार्थीहरुमा अचानक स्वास प्रस्वासको समस्या भएर ढल्ने,बेहोस हुने क्रम बढेकाले विद्यालयमा बिदा दिइएको हो ।

विद्यालयमा अध्यनरत केही विद्यार्थीहरु यसरी बिरामी पर्न थालेको भन्दै विद्यालयले बिदा दिएको विद्यालयका प्रधानाध्यापक मिन बहादुर कार्की बताए ।

बिहिबार विद्यालयमा अध्यनरत ७ जना विद्यार्थीहरुमा त्यस्तो समस्या देखिएको थियो । ७ जना विद्यार्थीमध्ये एक जनालाई उपचारका लागि काठमाण्डौँ पठाइएको र बाँकी ६ जना स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएर निको भएको कार्कीले बताए । आइतबारदेखि विद्यालय नियमित खुल्ने उनले बताएका छन् ।