करेन्ट लागेर तीन जनाको मृत्यु भएपछि पीडित परिवार पक्षले दाङमा राहतको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध पारेका छन् । प्राधिकरणको लापरबाहीले तीन जनाको ज्यान गुमेको भन्दै पीडित परिवारले आइतबार मध्यान्हदेखि राजमार्ग अवरूद्ध पारेका हुन्।इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार राजमार्गमा यातायात सुरू गराउन पहल भइरहेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा आफन्त तथा स्थानीयहरूले राजमार्ग छेकेर राहत माग गरेको थियो ।‘राहत बापत राज्यबाट उपलब्ध हुने जनही पाँच लाख उपलब्ध हुने छ तर पीडित पक्षले अतिरिक्त रकमको माग गरेको हुँदा छलफल लम्बिएको छ ।
छलफल सकारात्मक रहेको प्रहरी निरीक्षक सिंहले बताएका छन् । जिल्ला विपदबाट पनि अतिरिक्त आर्थिक साहयता उपलब्ध गराउनेबारे छलफल भइरहेको छ । विद्युत प्राधिकरणका पदाधिकारी, प्रहरी अधिकारी र अन्य निकायका प्रतिनिधिहरू छलफलमा सहभागी रहेका छन्।
शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरीरमाथि खस्दा राप्ती गाउँपालिका वडा नम्बर ३ की ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको घटना स्थलमै मृत्यु भएको थियो।
६० वर्षीय गोरखबहादुर केसीको भने उपचारको क्रममा मृत्यु भएको हो ।