गएराति ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको हत्या भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुईजनाको हत्या भएको हो ।जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए अनुसार मृतक अन्दाजी २८ वर्षीय पूजन राई र रोबस राई रहेका छन्। करिब ११ बजे राति घाइते दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई जानकारी आएको थियो।
जानकारी पाउनासाथ प्रहरीले १८ जनालाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान गरिरहेको छ। घटनामा छुरा प्रहार भएको र एकजनाको तिग्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीस्रोतले जनाएको छ। प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी कार्य गरेको थियो।उनीहरूबीच के विषयमा झडप भएको भन्ने अझै खुलेको छैन। मृतक
रोबसको शव पाटन अस्पतालमा राखिएको छ भने पूजनको सुमेरु अस्पतालमा छ । पोस्टमार्टममा लागि पूजनको शव पनि पाटन अस्पताल नै लैजाने तयारी भइरहेको छ। मृतक पूजन पाँचथर घर भई खुमलटारमा बस्थे भने रोबस धरान घर भई हाल ढोलाइटी बस्ने गरेको अनुसन्धानबाट खुलेको छ।