ग्वार्को हाइब्रीज निर्माणमा सुस्तता, यस्तो छ अवस्था भिडियो सहित

ग्वार्को चोकमा पुल बन्नु पर्ने थियो तर बनेन् । ग्वार्को हाइवे सँगै जोडिएको बी एन्ड बी अस्पतालमा आवातजावत सहज होस् भनेर सडकका ठेकेदारले ग्वार्को पुल बनाउन ध्यान दिएनन् त्यसको सट्टा पुल बीएन्ड बी अस्पताल गेटनजिकै राखियो ।हुन त त्यहाँबाट बाटो काट्ने जनतालाई सो पुलले सहज बनाएको छ ।त्यसो त स्वीमिङपुल गेट वा सातदोबाटो चौकी आसपास पनि पुल नचाहिंने भने होइन् ।तर,बीएन्ड गेटमा पुल राख्नुपूर्व ग्वार्को चोकमा पुल राखिनुपर्ने थियो ।यदि ग्वार्को चोकमा पुल राखिएको भए सडकबाट बाटो काट्नेहरु पुलबाट हिंड्थे ।जाम पनि हुन्न थियो । अहिले ठुलै लगानीबाट आकासे पुल निर्माणका लागि सम्बन्धित पक्ष तातिरहेको छ ।जस अनुसार बी एन्ड बी पुल पुलदेखि बालकुमारी पुलसम्मको सडक अग्ल्याएर अर्को पुल ग्वार्कोमा बनाइदै छ । ग्वार्कोको पुल बन्ने हल्ला चलेको एक वर्षपछिको सडकको गति हेर्दा भने शरम लाग्ने खालको छ । पोहोरसालको कुरा अनुसार गत साउन वा यो चैत्रमा निर्माण कार्य सकीसकिनुपर्ने थियो । लगनखेलबाट ग्वार्को जाने बसहरु पुलमुनिबाट गुरु हुइकिनु पर्ने थियो । विभिन्न समयमा कहिले बजेट मिलेन त कहिले डिजाइन मिलेन भन्दै अझै केही समयपछि मात्र काम सम्पन हुने देखिन्छ ।काम त ढिलै भएको राम्रो हो तर जनताले दैनिक जामको सास्ती बेहोर्नु परेको गुनासो भने स्थानीय बासिन्दाबाटै आउन थालेको छ ।
हाल सडकको अवस्था यस्तो छ :-