आज वि.सं.२०८० साल चैत महिनाको १३ गते मंगलबार, राशिफल हेर्नुहोस्

आज वि.सं.२०८० साल चैत महिनाको १३ गते मंगलबार, चैत्र कृष्णपक्षको प्रतिपदा तिथि । आज शरीरमा तेल लगाउने र आँपको मुजुरा खाने दिनका रुपमा रहेको छ ।

मेष
भाग्यको साथ रहेकाले छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । सोचे जति आम्दानी भने प्राप्त नहुने भएकाले सकारात्मक बनि अघि बढ्दै रहनु होला । स्टेसनरी, अध्यापन, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र फाइदादायक बन्ने छ ।

वृष
विदेश जाने बारेमा रहेको अवरोधहरु हट्दै जाने छ । पेशागत जीवनमा भने समस्याहरु आउने भएकाले सकभर पेशागत विषयमा बादबिबाद भन्दा संयमिताबाट अघि बढ्नु नै बुद्धिमानी हुने देखिन्छ । आम्दानीमा भने केही बृद्धि हुन जाने छ । धेरै जोखिम भन्दा औसतमा धानिन प्रयास गर्नु नै उपयुक्त देखिन्छ । शेयर क्षेत्र भने औसतमा केही सकारात्मक रहने छ ।

मिथुन
दृढताले भरिएको व्यक्तित्व हुने भएता पनि मनमा दुविधाले सताउने छ । पैतृक सम्पत्ति र जम्मा भएको धन सम्पत्ति खर्च हुने चुनौति रहेकाले संयमित रहनु होला । श्रम क्षेत्र, सेवा, नोकरी, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल देखिन्छ । शेयर क्षेत्र औसत रहने छ ।

कर्कट
परिवारमा किचलो र द्वन्द देखा पर्ने छ । बोलीको प्रभाव बढेता पनि मृदुभाषीपन पनि बढ्ने छ । निर्माण सामग्री, फलामजन्य कारोवार, हार्डवेयर, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई अनुकुल रहेको छ । आम्दानीमा बृद्धि हुने छ । शेयर बजारमा धेरै उत्साही हुने बेला छैन् ।

सिंह
दोहोरो स्वाभाव भएको व्यक्तित्व बन्न पुग्ने भएकाले यसबारेमा विचार पु¥याउनु होला । रिस कडा खालको देखा पर्ने भएकाले संयमित रहनु होला । भाडाका सवारीसाधन, ग्रिल उद्योग, विषादीको कारोवार, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्र औसत रहने छ ।

कन्या
भाग्यले साथ नदिएकाले औसत अवस्थालाई सन्तुलित बनाउनु नै ठीक हुने छ । मनमा नकारात्मक विचारले सताउने छ । नैराश्य दृष्टिकोण हावी हुन जाँदा जाँगरको अभाव हुने छ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई समय संयमित रहनु पर्ने खालको छ । शेयर क्षेत्र भने प्रतिफलदायक बन्ने छ ।

तुला
परिवारमा द्वन्द चर्किने छ । बोलीको प्रभाव पनि घट्न पुग्ने भएकाले संयमित भएर मात्र बोल्ने गर्नु होला । आम्दानीमा थोरै बृद्धि भए जस्तो हुन जाने छ । मनमा दुविधाले असाध्यै सताउने छ । उदासिनता देखा पर्ने छ । पेशागत जीवनमा मनोबल कमजोर भएको व्यक्तित्वसहित प्रस्तुत हुनु पर्ने अवस्था आउने भएकाले यस विषयमा ध्यान दिनु होला । शेयर क्षेत्र औसत अवस्थाबाट गुज्रने छ ।

वृश्चिक
आफ्नो लक्ष्य प्रति दृढ रहने उर्जा प्राप्त हुने छ । समय धेरै उत्साही भई जोखिमहरु मोलि हाल्ने अवस्थामा रहेको छैन् । पेशागत जीवनमा गुमाउने अवस्था आउने भएकाले संयमित रहनु होला । सन्तान सुख प्राप्त हुने छैन् । अध्यापन, शिक्षण, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, वकालत जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

धनु
मेहनत गरेर गरेको आम्दानी गलत क्षेत्रमा वा सामान्य क्षेत्रमा अनावश्यक रुपमा खर्च हुन पुग्ने चुनौति रहेको छ । मनमा दोहोरो विचार निरन्तर आइ रहँदा निर्णय लिन नसक्ने व्यक्तित्व देखा पर्ने छ । अध्ययन अध्यापनमा पटक्कै मन लाग्ने छैन् । बोलेर खाने पेशा, पत्रकारिता, लेखक, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहने छ । तर श्रमिक र सेवा क्षेत्रमा रहेकाहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्र जोखिपूर्ण रहने छ ।

मकर
दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । रिस भने नियन्त्रण गर्ने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा बिबाद र द्वन्दले गर्दा नैशाश्यता बढाउने छ । आम्दानी सोच जस्तो हुने छैन् वा अपेक्षा गरेका क्षेत्रबाट आम्दानी प्राप्त हुने छैन् । साझेदारीमा गरिएका काममा चनाखो रहनु होला । प्रतिष्पर्धात्मक क्षमता हुने हुँदा आत्तिई हाल्नु पर्ने अवस्था भने छैन् । पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्र पनि औसत अवस्थामा रहने छ ।

कुम्भ
संयमित रही अघि बढ्नु पर्ने समय सक्रिय रहेको छ । पेशागत जीवनमा द्वन्द तथा बादबिबादको सामना गर्नु पर्ने छ । पेशागत विषयमा दुविधा देखिने छ । साझेदारीमा गरिएका काममा मनमुटावको अवस्था आउने छ । भोगि रहेको सुख सुविधाका साधन तथा वातावरण त्याग्नु पर्ने वा बेच्नु पर्ने जस्तो अवस्था आउने चुनौति छ । शेयर बजार औसत अवस्थाबाट गुज्रने छ ।

मीन
आफ्नो लक्ष्य प्रति केन्द्रीत र समर्पित हुने खालको स्वाभाव र मनमा दृढता आउने छ । तर मनोबल कमजोर भएको लुलो व्यक्तित्व हुने हुँदा अरुले हेप्ने छन् । भाग्यहिनताको आभाष हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)