आज वि.सं.२०८० साल चैत महिनाको १४ गते बुधबार, राशिफल हेर्नुहोस्

अ अ अ
आज वि.सं.२०८० साल चैत महिनाको १४ गते बुधबार, चैत्र कृष्णपक्षको द्वितीया तिथि ।

मेष
आम्दानी औसत खालको रहने छ । व्यक्तित्व भने दृढखालको हुने हुँदा अरुले पेल्ने भने छैनन् । पेशागत जीवन सहज रहने छ । निर्णयहरु लिने क्रममा भने धैर्य भएर अघि बढ्नु होला । शेयर क्षेत्र अनुकुल रहने छ ।

वृष
आम्दानी सोचे जस्तो रहने नभएकाले आर्थिक दबाब सृजना हुने छ । मिष्ठान्न भोजन गर्न भने पाइने छ । दाम्पत्य जीवनमा कटुताको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुने छ । पेशागत जीवन सतत रुपमा अघि बढ्ने छ । स्वास्थ्यमा भने समस्या देखिने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

मिथुन
आम्दानीमा बृद्धि हुने छ । आकस्मिक धन लाभ हुने र डुबेर बसेका धन उठ्ने छन । बोलीका प्रभावका कारण ठुलाबडाहरु प्रभावित हुने छन् । परिवारमा मिलन र मधुर वातावरण आउने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

कर्कट
आम्दानीमा बृद्धि हुँदा आर्थिक अवस्था सवल बन्ने छ । नरम खालको व्यक्तित्व बन्ने छ । बाठो र छिट्टै निर्णय लिने स्वाभावका कारण कार्यहरु तिब्रतम गतिमा अघि बढ्ने छन् । परिवारमा भने तनावको अवस्था आउने छ । शेयर क्षेत्र जोखिमयुक्त देखिन्छ ।

सिंह
आम्दानीको अवस्था औसत खालको रहने छ । पेशागत जीवनमा बादबिबाद र झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । परिवारको साथका कारण मनोबल कायम रहने छ । व्यक्तित्व दृढ खालको हुने तर रिसको मात्रा पनि अत्याधिक धेरै हुने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र औसत रहने छ ।

कन्या
आम्दानीमा भारी गिरावट आउने छ । प्रतिष्पर्धात्मक क्षमता हुने भएकाले कठिनाईमा पनि जुध्ने र अघि बढि रहने बानी कायम रहने छ । पेशागत जीवन औसत खालको हुने छ । जीवनसाथिको साथले ठुलो भरथेग हुने छ । मुद्धा मामिलाका बारेमा भने सचेत रहनु होला । शेयर क्षेत्र औसत खालको हुने छ ।

तुला
सोचे जस्तो आम्दानी हुने छैन् भने ऋणको बोझ थपिने छ । भाग्यको साथ नभएकाले कामहरु बिग्रने छन् । मन लुलो खालको हुने हुँदा अरुले सानो आलोचना गरे पनि मनमा धेरै चोट पुगेको आभाष हुने छ । पेशागत जीवनमा धैर्य भएर कदमहरु चाल्नु होला । शेयर क्षेत्र औसत रहने छ ।

वृश्चिक
आम्दानीमा गिरावट आउने छ । पेशागत जीवन सामान्य खालको रहे पनि बोससँग बिबाद चर्किन समय देखिएकाले संयमित रहनु होला । बोली धेरै कडा खालको हुने छ । दाम्पत्य जीवनमा बिबाद आउने छ । शेयर क्षेत्र जोखिमपूर्ण रहने छ ।

धनु
पेशागत जीवनमा उन्नति प्रगति र कदर हुने छ । आम्दानीमा बृद्धि हुने र बचतको समय सक्रिय रहेको छ । मनमा भने उदासिनताले सताइ रहने छ । समाजप्रति केन्द्रीत हुन मन लाग्ने छ । स्वास्थ्यबारे सचेत रहनु नै उचित हुने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

मकर
मनमा चिन्ता र भविष्य प्रतिको अनिश्चयतको भयले पिरोल्ने छ । मनोबलमा गिरावट हुँदा कामहरु गर्नका लागि आँट आउने छैन् । पेशागत जीवन र आम्दानीको अवस्था भने शुभ नै रहने छ । शेयर क्षेत्रबाट पनि लाभ प्राप्त हुने छ ।

कुम्भ
आम्दानी औसत हुने छ । भाग्य बलियो भएकाले आँटेका कामहरु भने पुरा हुने तर्फ जाने छन् । समाजमा आलोचना गर्नेहरु धेरै हुने छन् । पेशातग जीवन भने सकारात्मक रहने छ । परिवारमा वैमनश्यता रही रहने छ । शेयर क्षेत्र अनुकुल देखिँदैन् ।

मीन
मनोबल उच्च हुने छ । रिस पनि कडा हुने भएकाले यसबारेमा ध्यान दिनु उपयुक्त हुने छ । पेशागत क्षेत्र अलि चुनौतिपूर्ण देखिन्छ । आम्दानीमा पनि थोरै गिरावट आउने छ । यात्रामा कठिनाईको वातावरण उत्पन्न हुने छ । शेयर क्षेत्रबाट भने लाभ प्राप्त हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)