धर्म र विज्ञान चर्चा परिचर्चा
-विष्णु आले
धर्मका समर्थकहरूका अनुसार ज्ञानको श्रोतहरु धार्मिक गुरु, धार्मिक ग्रन्थ, अथवा आत्मज्ञान हुन्। धर्मको कुनै पनि सिमा हुँदैन । धर्मले हरेक प्रश्नको उत्तर दिने प्रयत्न गर्छ। धार्मिक व्यक्तिहरुका अनुसार यस्तो तरिकाबाट प्राप्त ज्ञान नै सत्य ज्ञान हो जुन कहिल्यै गलत सावित गर्न सकिंन्न। धार्मिक ज्ञान धर्म तथा सम्प्रदाय अनुसार भिन्हुन भिन्न हुन सक्छ।
आधुनिक विज्ञानले संसारको सवल/सक्षम अध्ययन/अनुसन्धान गरेर ज्ञान प्राप्त गर्दछ र यसले मात्र ब्रम्हाण्डको बारेमा सम्पूर्ण प्रश्नहरूको उत्तर दिन सक्छ। यसले देखिएका प्रमाणका आधारमा नयाँ सिद्धान्तहरू प्रतिपादन गर्ने हुन्छ। सबै वैज्ञानिक ज्ञानहरू अस्थायी हुन्छन् जुन पछिल्ला गहन अध्ययन अनुसार परिमार्जन तथा पुनरावलोकन गर्न पनि सकिने हुन्छ। विज्ञानले भौतिक रूपमा मात्र नभइकन अभौतिक विषयहरू जस्तै: अर्थशास्त्र, भाषा, मनोविज्ञान आदि पनि परिभाषित गर्न सक्छ।
पूर्वकालका धेरै वैज्ञानिकहरूले धर्ममा निकै आस्था राख्ने गर्थे र धर्म अनि विज्ञानका बिचमा अन्तर सम्बन्ध स्थापित गर्ने कोशिस गर्थे। न्युटनले भने अनुसार गुरुत्वाकर्षणका कारणले ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् । रोमन क्याथोलिक चर्भच भन्छ कुन वैज्ञानिक सिद्धान्त मान्ने र कुन नमान्ने अधिकार व्यक्ति स्वयममा सुरक्षित छ । ब्रुनोलाई अमान्य वैज्ञानिक सिद्धान्त बनाएका कारणले जिउँदै जलाइएको थियो। ग्यालिलिओलाई पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने उनको सिद्धान्तलाई फिर्ता लिन बाध्य बनाइएको थियो। आजकाल उक्त चर्चले धेरैजसो स्थापित वैज्ञानिक सिद्धान्तहरू मान्ने गर्दछ। संगठित धर्महरू तथा वैज्ञानिकहरूका बिचमा विभिन्न समयमा भएका केही मतभेदहरू यस प्रकार छन्।
पृथ्वीले सूर्यको परिक्रमा गर्दछ या सूर्यले पृथ्वीको ?
के पृथ्वी केही हजार वर्ष पुरानो हो या करोडौं वर्ष पुरानो ?
संसार डुब्ने गरी कुनै बाढी आएको थियो ?
प्राणीहरू बिस्तारै विकसित भएका हुन् अथवा ईश्वरले बनाएका हुन् ?
के ब्रम्हाण्ड अनन्त छ ?
के आईन्स्टाइनको रिलेटिभिटि सिद्धान्त ठीक छ ?
धर्म र अध्यात्म विच भिन्नता
धेरैजसो धर्मका अनुयायीहरू धर्म र अध्यात्ममा खासै भिन्नता देख्दैनन्। तर केही व्यक्तिहरू यी दुई बिच ठूलो भिन्नता भएको तर्क गर्दछन्। तिनीहरूले अध्यात्मलाई ईश्वर माथिको आस्थाको रूपमा मात्र मान्दछन् र धार्मिक संगठन तथा त्यसका क्रियाकलापहरू अध्यात्म अन्तरगत नपर्ने तर्क गर्दछन्। त्यस्ता व्यक्तिहरू आफ्नो आस्थालाई धर्मको रूपमा भन्दा पनि अध्यात्मको रूपमा ब्याख्या गर्दछन् यसले गर्दा उनीहरू कुनै संगठन अथवा समुदायको सदस्य नभएको ठान्छन्
संसारमा हाल प्रचलनमा रहेका प्रमुख धर्म तथा त्यसका अनुयायी संख्याहरू:-
क्रिश्चियन धर्म २.१ अरब
इस्लाम धर्म १.३ अरब
धर्मबिहिन १.१ अरब
हिन्दू धर्म ९० करोड
चिनीया धर्म ३९४ करोड
बौद्ध धर्म ३७६ करोड
शिख धर्म २३ करोड
यहुदी धर्म १४ करोड
बहाई धर्म७ करोड
जैन धर्म ४.२ करोड
शिन्थो ४ करोड
फारसी धर्म २.६ करोड
मष्ट धर्म ६० लाख