योगमायाबाट मदनपुरस्कार बिजेता निहारिकाको विद्यावारिधि पूरा

निलम कार्की निहारिकाले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि पूरा गर्नु भएको छ । उहाँले “योगमाया” उपन्यासका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।‘चीरहरण’ उपन्यासका लागि पद्मश्री पुरस्कार विजेता निहारिकाले विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (भाइवा)सम्पन्न भएको जानकारी दिनुभएको छ ।

निहारिकाले ‘सर्वार्थ योगवाणीमा वैदिक दर्शनको प्रभाव’ शीर्षकमा विद्यावारिधि गर्नुभएको हो ।

अनुसन्धान निर्देशक प्रा.डा. माधव भट्टराई तथा शोध विशेषज्ञ प्रा.डा. दयाराम श्रेष्ठ तथा प्रा.डा. हरिहरप्रसाद भट्टराईको मातहतमा रहेर उहाँले विद्यावारिधि पूरा गर्नुभयो।

विद्यावारिधि पूरा गर्ने क्रममा पाएको सहयोगका लागि नेसंविका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल, डा.बार्वरा निम्री अजिज, डा.चिरञ्जीवी भट्टराई, डा.नारायण चालिसे , डा.रामजी तिमिल्सिना , डा.भाष्कर कुँवर छेत्री , ई.थर्क बहादुर थापा र डा.आरती कार्की तथा नगेन्द्रराज रेग्मीलगायत नेसंविका कर्मचारी वर्गमा आभार व्यक्त गर्नुभएको छ ।