२५ बैशाख २०८० काठमाडौं । लागि हामीलाई पिरियडिक टेबलका तत्त्वहरू सम्झनु छ भने तपाईं अब आफ्नो घरमा कथा बनाउन सक्नुहुन्छ । मैले यहाँ परिचित उदाहरण दिएर बुझाउन चाहेँ । मानौं, तपाईं घरको आँगनमा घाम तापेर बसिरहनुभएको छ । घाम भन्नेबित्तिकै सूर्य र सूर्य हाइड्रोजन (पिरियडिक टेबलको पहिलो तत्त्व) बाट बनेको हुन्छ । घाम चर्को हुँदै जाँदा म घरभित्र पसेँ । ढोकामा उडिरहेका बेलुनहरू थिए । बेलुनमा हिलियम हुन्छ । यहाँ अब हिलियम (दोस्रो तत्त्व) सम्झिनुपर्छ । घरभित्र पस्नेबित्तिकै भुइँमा ब्याट्रीहरू फालिएको थियो । ब्याट्री लिथियमबाट बनेको हुन्छ, अब लिथियम (तेस्रो तत्त्व) सम्झिनुपर्यो । अब पिरियडिक टेबलको चौथो तत्त्व हो, बेरिलियम । बेरिलियम सम्झिन बेरी (फल) सम्झिँदा पनि हुन्छ । ब्याट्री उठाएर टेबलमा राख्न जाँदा टेबलमा बेरी थियो । यसरी कथा बुन्दै हामी हामीलाई चाहिने कथा बनाउन सक्छौं । कथा जति बेतुकको भयो त्यति विद्यार्थीले सम्झिन्छन् । केही विषय भने अभ्यास नै गर्नुपर्ने हुन्छन् ।
जस्तै : भाषा सिक्न तपाईं हामीले बोल्नैपर्छ । संवाद गर्नैपर्छ । चाइनिज सिक्न बोल्ने नै हो, अरू उपाय छैन । त्यस्तै, गणित वा लेखाजस्ता विषयमा जान्ने तरिका भनेको पनि अभ्यास, अभ्यास अनि अभ्यास नै हो ।