एक आश्रममा बस्ने पुरुषको हत्या अभियोगमा सोहि आश्रममा बस्ने अर्को व्यक्ति पक्राउ परेका छन् ।
सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई आश्रममा बस्ने मकवानपुर भिमफेदी गाउँपालिका–४का ५० वर्षीय अमर राज पुडासैनीको इँटा प्रहार गरी हत्या गरेको अभियोग लागेको छ ।
प्रहरी श्रोतका अनासार काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भिमफेदी गाउँपालिका–४का ५० वर्षीय अमर राज पुडासैनीको इँटा प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका घर भइ सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङ पक्राउ परेका हुन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।