लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले गर्यो ४ जना पक्राउ

ललितपुर महालक्ष्मी नगरपालिका–६ चागाँथलीबाट ९ एमएमको गोली २ राउन्ड तथा अवैध लागूऔषधसहित सोही नगरपालिका–७ चाँगाथली बस्ने दोलखा मेलुङ गाउँपालिका–१ घर भएका ३२ वर्षीय सुरेश उप्रेती समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गोली, अवैध लागूऔषध ब्राउनसुगर करिब १४ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्रोजन ९ ट्याव्लेट, स्पाम्स १४ ट्याव्लेट, डिजिटल तराजु १ थान, फलामको नक १ थान, मोबाइल ८ थान, एटिएम कार्ड ४ थान, चेक बुक ३ थान, कृषि विकास बैंकको साईन गरेको २ हजारको चेक, एनआइसी एसिया बैंकको साईन गरेको २ हजारको चेक, आइएमई कार्ड १ थान र नगद ५ हजार ३ सय ७५ रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समाचार
ललितपुर खबरमा प्रकाशित छ ।