काठमाडौंबाट ४१ वर्षकी महिला शुक्रबार (२६ गते)देखि हराइन,खोजी कार्य जारी

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका १ घर भएकी एक महिला काठमाडौबाट हराएकी छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ खुर्सानीबारी, लवडाँडाबाट वर्ष ४१ को गँहुगारी कालो वर्ण, उचाई अन्दाजी ५ फिट २ ईन्च, कुर्था सुरुवाल लगाएकी सुकमाला तामाङ (सुकमाया) नाम गरेको महिला हराएकी हुन् ।

तामाङ २६ गते अपारह्न ३ बजे खुसाृनीबारीमा रहेको कोठाबाट निस्केकी उनी अहिलेसम्म सम्पर्कमा नआएको उनको श्रीमान बिष्णु तामाङले जानकारी दिए ।