पाटनका न्यायाधीश मातृका मरासिनीको ह्रदय रोगका कारण निधन

ललितपुर । पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । दैनिक पेशी सूचीका लागि गाेला तानेर इजलासमा पुग्नासाथ उनी ढलेकाे र नेशनल हस्पिटल कलंकीले हृदयाघातका कारण उनको निधन भएको भएको हो ।
उच्च अदालतको न्यायाधीशमा अघिल्लो महिना मात्रै नियुक्त भएका उनी अघिल्लो साता सरुवा भएर पाटनमा हाजिर भएका थिए । गाेला तानेको केही क्षणमा यस्तो घटना भएको न्यायिक इतिहासमा पहिलो घटना भएको बताइएकाे छ ।