बझाङमा बुधबार साँझ ४.१ रेक्टरको भूकम्प

बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ।

बुधबार साँझ ६ बजेर ४४ मिनेट जाँदा फेरि भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ । यस अघि गएको भूकम्पका कारण धैरै जनधनको क्षति भएको थियो । सरकारले राहत वितरण र विभिन्न संघसंस्थाले भूकम्प पीडितलाई सहयोग गरेका थिए।