सप्ताह महापुराण गरेर चम्पादेवी गाउँपालिकामा बस संचालन

चम्पादेवी गाउँपालिका वडा नं ७ मा सप्ताह महापुराण गरेर बस संचालनमा ल्याइएको छ ।
लामोसमय देखि सडक देखेका तर बस देख्न नपाएका ओखलढुंगा कोलचौरका जनसमुदायले मङ्सीर ८ गते बस देखेका छन् । स्थानीय निलहरी सुवेदीको घरमा लगाइएको सप्ताह महायज्ञको अन्तिम दिन साङग्य गर्दै हिमाल तराई यातायातको बस कोलचौरसम्म संचालनमा ल्याइएको हो ।
संयोग नै भनौं ? त्यस बाटोको संरचनाका निम्ति उक्त घरपरिवारका सदस्य रेजिन्द्र सुवेदी ,पोशक सुवेदी ,थकिन्द्र सुवेदी,चम्पक सुवेदी,श्रीकृष्ण सुवेदी ,गोपाल सुवेदी लगायतले धेरै मेहेनत गरेको स्थानीय ७९ वर्षीय वृद्ध मित्रलाल पोख्रेलले बताउनु भयो।बस सेवा संचालन हुँदा स्थानीय जनसमुदायको मुहारमा खुशीको रौनकता देखिएको थियो । बस पुगेपछि बस वरिपरि फुलमाला तथा अबिर जात्रा समेत गरिएको एक स्थानीयले बताए । नेकपा एमाले रामेछाप जिल्ला मन्थली नगरपालिका काठमाडौ सम्पर्कमन्चका सचिव अरुण अधिकारीका अनुसार सो रुटमा बस पुर्याउने चालक रामकृष्ण मिजारलाई स्थानीयले खादा माला लगाएर स्वागत समेत गरेका थिए ।

बस सेवा सञ्चालन हुँदै गर्दाको दृश्य