सडकमा जादुगरी कलाको बेजोड प्रस्तुति ,हेर्नुहोस् भिडियो सहित

विगतमा ५,१०,२० रुपैँया दर्शकको स्वैच्छिक दान/सहयोगबाट सडकमा देखाइने जादुगरी कलाको मूल्य बढ्न थालेको छ । आजभोलि सडकमा देखाइने जादुगर कलाको मूल्य बढेर ५० पुगेको हो । हुन त समय अनुसार अहिलेको १००,५० रुपैँया विगतको ५,१० रुपैँया सोसरह भ्यालु हुन्छ ।एक नेपालीको दैनिक खर्च हेर्दा खाजा खानेले ५ सय र भात खानेले १ हजार दैनिक खल्तीमा बोकेर सडकमा ननिस्किए पकेट खर्च नै धान्दैन् । आम्दानी भने बोर्डिङ स्कूलमा होस् र सहकारीमा काम गर्ने शिक्षक शिक्षिकाहरुको प्रतिमहिना ८ देखि १२ हजार सम्म मात्र छ ।उनीहरुले महिनावारी कोठाभाडा मात्र ४ देखि ८ हजार सम्म घरबेटीलाई बुझाउनुपर्छ । सबै खर्च जोड्दा महिनामा २२ देखि २५ हजार प्रतिव्यक्ति महिनावारी आय नभए सहरमा उ टिक्न सक्दैन् ।कित साइड जब गर्न पर्ने हुन्छ कि त ऋणपान सो सुरु हुन्छ ।महिलाहरुको दैनिकी अवस्था हेर्ने हो भने कि सडकमा झोला बोकेर जग्गा दले, मार्केटिङ वा अन्य पेशामा संलग्न हुनुको विकल्प छैन् । त्यसैले पनि हातमा सीप,कला क्षमता हुनेको नै सहरमा रगरगी देखिन्छ । बाँच्नकै लागि कला अझ जादुगर कला देखाएर पनि यस सहरमा मानिसहरु आरामदायी जीवननै गुजारा गरिरहेका छन् ।जीवन संघर्षमय छ हरेकका जीउने आ-आफ्ना तरिका छन् । हेर्नुहोस् भिडियो सहित जादुगरी कलाको भिडियो..