बिहीबार प्रसाईं समूहको बल्खुमा प्रदर्शन,शुक्रबारको तय तिनकुनेमा

दुर्गा प्रसाईं नेतृत्वको अभियानले बिहीबार बल्खुमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट निस्किएको र्‍याली बल्खुमा जम्मा भएर प्रदर्शन गरेको हो । प्रदर्शनमा दुर्गा प्रसाईं र राप्रपाका प्रवक्ता एवम प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सम्बोधन गरे । सम्बोधनमा उनीहरुले राजतन्त्रको पुनर्स्थापना तथा हिन्दू राज्य पुनर्स्थापनाको माग गरेका थिए । राप्रपाको एजेन्डसँग मिल्दो माग भएकाले प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी हुनुपर्ने माग राप्रपामा उठेपनि औपचारिक निर्णय भने भएको थिएन । लघुवित्तको ऋण मिनाहा, युवाहरुलाई स्वरोजगार जस्ता विषयको आवाज पनि प्रदर्शनमा उठेको थियो । विशेषत: उनीहरुले अरुदलीय नेता र नेतृत्वको खन्डनमा समय खर्चिएका थिए । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको सो कार्यक्रममा मानवीय सम्वेदना भने कायमै रहेको एक प्रदर्शनकारीले न्युजकिरण डटकम संवाददातालाई बताए । उनका अनुसार कार्यक्रम स्थल बल्खुमा दिउँसो ११ बजे देखि २ बजेसम्म अलि तनावतनावमय वातावरण गुज्रिएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मी बीचको झडपमा पानीको फोहरा र केही सेल अश्रुग्याँस प्रयोग भएको थियो । प्रदर्शनकारीले भने सुरक्षाकर्मी तिर ढुंगामुढासमेत बर्साएका थिए । निरन्तर आन्दोलन गर्न लागेका प्रसाईं समूहले शुक्रबार तिनकुनेमा कार्यक्रम गर्ने तय गरेका छन् ।