ललितपुरको झम्सिखेलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई आइस ड्रगसहित पक्राउ गरेको हो ।
लागुऔषध सहित नियन्त्रणमा लिने क्रममा प्रहरीलाई राईले आक्रमण गर्न खोजेपछि प्रहरीले १ राउन्ड गोलीसमेत चलाएर उनलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।
राईको साथबाट आधा किलो आइस ड्रग बरामद भएको र पक्राउ परेका राईमाथि आवश्यक छानविन भइरहेको एसपी रेग्मीले जानकारी दिए ।