किस्ता नतिरे ,घर र बाइक लिलाम गरिने सहकारी धम्कीपछि एक व्यक्तिले गरे आत्महत्या प्रयास,

सहकारीको २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । फेसबुक लाइभमा आएर ती व्यक्तिले शनिबार साँझ आत्महत्याको प्रयास गरेका हुन् । दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका छन् । ४ लाख ५४ हजार तिरिसक्दा पनि भोलि १० गतेसम्म २८ हजार नबुझाए फाइनान्सले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले लाइभमा बताएका छन् । ‘जम्मा २८ हजार रुपैयाँका लागि मलाई यति टर्चर गर्‍यो….’, उनले लाइभमा भनेका छन् । उनले दुर्गा प्रसाईंले भनेको सही रहेको भन्दै लाइभमै पासो लगाएर अप्रिय निर्णय लिन लागेपनि समयमै पुगेको प्रहरी टोलीले जिवितै उद्धार गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन्। उनलाई ताहाचलबाट जिवित उद्धार गरिएको खबरलाई रातोपाटीले प्रकाशित गरेको छ ।तर, आत्महत्या दुरुत्साहन गर्ने सहकारीको नाम भने उल्लेख गरिएको छैन् ।बचत कर्ताको रकम र ब्याज समयमा फिर्ता गर्न नसक्दा कयौं सहकारीका संचालक गुमनाम रहेको दर्दनाक विगत उल्टियो एक सहकारीका बचत कर्ताले न्युजकिरण डटकम संवाददातासँग प्रतिक्रिया दिए ।