ग्वार्कोमा सधैं सवारी चाप ट्राफिक प्रहरीको सिट्ठी सुनिनासाथ हुरुरु

ग्वार्कोमा फ्लाई ओभर बनेपछि बिना जाम सवारी हाँक्न पाइने आशामा बसेका सवारी चालकको व्थथा अझै यथावत रहेको छ । आइतबार साँझ लगभग आधा घण्टा सवारी जाममा परेका एक सवारी चालकले भने ग्वार्कोमा सधैं जाम हुने गरेको छ। फ्लाई ओभर छिट्टै बने त हुन्थ्योनी बन्दैन् के गर्ने यस्तै जाममा बस्नुपर्छ । विशेष अफिस टायममा जाम हुने ग्वार्कोमा विद्यालय चलेको दिन अझै जाम हुने गरेको एक स्थानीयले बताए । न्युजकिरण डटकम संवाददातासँग उनले भने हेर्नुहोस् न जाम छकि छैन् देखिहाल्नु भयोनी । ट्राफिकस्रोतले जानकारी दिए अनुसार सवारी चाप सो क्षेत्रमा बढी छ । यात्रुहरुले भने जहिले जामको सास्ती व्यहोर्नु परिरहेको छ ।जाम साँझपख जहिले हुने गरेको छ । ट्राफिकको सिट्ठी सुनिनासाथ सवारी चालकहरुले भने आफ्ना साधन हुरुरु कुदाउने गरेका छन् । वरपरका क्षेत्रमा ट्राफिक प्रहरीको स्पीड चेक यसरी हुने गरेको छ ।