निलकण्ठेश्वर बचत तथा ऋण सहकारी संस्थाले एक वर्षको अवधिमा गर्यो ८० हजार रुपैयाँ मुनाफा

मन्थली नगरपालिका वडा नं २ को निलकण्ठेश्वर बचत तथा ऋण सहकारी संस्थाले एक वर्षको अवधिमा ८० हजार रुपैयाँ मुनाफा कमाएको छ । संस्थाको २९ औ साधारण सभाका अवसरमा प्रस्तुत प्रतिवेदन अनुसार संसथाले सबै खर्च कटाएर मुनाफा कमाएको हो ।

१८ औ साधारण सभाको उद्घाटन वागमती प्रदेशका सांसद तारा नारायण श्रेष्ठले ब्यानर पढेर गरेका थिए । निलकण्ठेश्वर सहकारी अभियानमा पुर्‍याएको योगदानको चर्चा गर्दै निलकण्ठेश्वरलाई सहकारी अभियानमा नीति,विधि र पद्धतिका आधारमा कठजोरले कमाएको गर्विलो र दर्बिलो इतिहास अनुसार नै नेतृत्वलाई काम गर्न श्रेष्ठले आग्रह गरेका छन।

सहकारीका सञ्चालकहरूको विश्वासमा सर्व साधारणले खाई नखाई रकम जम्मा गर्ने र उक्त रकम सङ्कट पर्दा खर्च गर्ने हुँदा सञ्चालकहरूलाई यसको मर्यादा जोगाएर काम गर्नुपर्दछ; अतिथि श्रेष्ठले बताए।

२०५५सालमा २२ जना संस्थापकहरूले ५० रुपैयाँ जम्मा गरी सहकारी अभियान चलाएर समुदायमा रहेका विपन्न नागरिकहरुको आर्थिक र सामाजिक हैसियतमा परिवर्तन गर्ने असल नियत राखेर सञ्चालनमा ल्याएको उक्त साकोसले हाल मन्थली नगरपालिका २ र ३ लाई कार्यक्षेत्र बनाएर काम गर्दे आएको छ । जस अनुसार उसको शेयर पुँजी ४ लाख ७० हजार रुपैयाँ रहेको छ भने कुल संस्थाको कुल पुँजी १ करोड ९० लाख ४ हजार ७७ रुपैयाँ पुगेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।