भद्रावती बचत तथा ऋण सहकारी संस्था कोटेश्वर -३२, काठमाडौंले फागुन ५ गते रक्तदान कार्यक्रम गर्ने

भद्रावती बचत तथा ऋण सहकारी संस्था कोटेश्वर -३२ काठमाडौंले फागुन ५ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । श्री कृष्ण कुञ्ज सामुदायिक समाज कोटेश्वरमा शनिबार बिहान ९ बजे देखि २ बजे दिउँसो सम्म संस्थाले रक्तदान कार्यक्रम गर्ने भएको हो । कान्तिपुर हस्पिटलको प्राविधिक सहयोग तथा काठमाडौं महानगरपालिकाको सहयोगार्थमा संस्थाले उक्त दिन रक्तदान गर्न लागेको हो । संस्थाको १५ औं वार्षिकोत्सवको अवसरमा भद्रावती बचत तथा ऋण सहकारी संस्था लि कोटेश्वर ले शनिबार रक्तदान गर्ने सो संस्थाका कोषाध्यक्ष किशोर कुमार श्रेष्ठले न्युजकिरण डटकम संवाददातालाई बताए ।
उपत्यकामा बढ्दो रक्त अभावलाई थोरै राहत मिलोस् भनेर संस्थाले रक्तदान गर्न लागेको श्रेष्ठको भनाइ थियो । रक्तदान गर्न इच्छुक जोकोहीले सो रक्तदान कार्यक्रममा सहभागिता जनाउन सक्ने पनि श्रेष्ठले बताए ।