पूर्व विद्यार्थी समाजको पहिलो बैठक सम्पन्न

श्री निल कण्ठेश्वर माविका पूर्व विद्यार्थी समाजको तदर्थ समिति को पहिलो बैठक भक्तपुरको सनसिटी, जुम क्याफे (पेप्सीकोला)मा सम्पन्न भएको छ । बैठकले विधान बहस, सल्लाहकार समिति चयन र विधानको उद्देश्य माथि व्यापक छलफल तथा अन्तरक्रिया गरेको थियो । बैठकमा तदर्थ समितिका सह संयोजक रविन कुमार बस्नेत पनि सहभागी थिए । गठित तदर्थ समितिका विष्णु आले , रिता अधिकारी ,प्रदिप बस्नेत , नवराज खडका ,आकाश भट्टराई लगायतका व्यक्तिहरुको बैठकमा उपस्थिति रहेको थियो । बैठकमा उपस्थित सदस्यहरुले आगामी बैठक, सल्लाहकार चयन र विधानबारे सामान्य छलफल तथा बहस गरेर अनुमोदन गरेका थिए । मंसीरको तेस्रो हप्ता कोटेश्वरको एक क्याफेबाट प्रस्तावित ७ सदस्यीय तदर्थ समिति निर्माण गर्दै मंसीर ३० को दोस्रो बृहत भेलाले ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । निर्वाचित तदर्थ समितिले ३ महिना भित्र विधान प्रतिवेदन तयार पारी सक्नु पर्ने म्यान्डेट तोकिएको छ । त्यसका लागि तदर्थ समितिले पहिलो बैठक पुष २३ गते जुम क्याफेमा राखेको थियो । बहुमत सदस्यहरूको पहिलो बैठकको निर्णय अनुसार विधान प्रतिवेदनमा उल्लेख भएको उद्देश्य माथि बहस र छलफल गरेको थियो । बैठक करीब ४ घन्टा सो जुम क्याफेमा चलेको थियो । कार्यसमिति सदस्यहरु सन्त तामाङ,पदम श्रेष्ठ र किशोर श्रेष्ठ कार्यव्यस्तताका कारण अनुपस्थित थिए ।अर्को बैठ्क माघ ६ गते शनिबार दिउँसो बस्ने निर्णय भएको छ । तदर्थ समितिका संयोजक घन नारायण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो भने कार्यक्रम संचालन क.अरुण प्रसाद अधिकारीले गरेका थिए ।