शिक्षण पेशा चुनौतीपूर्ण र महत्त्वपूर्ण छ : इकाइ प्रमुख राठोर

शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख निमप्रकास सिंह राठोरले देश सफल बनाउने हो भने नेपाली युवा वैदेशिक रोजगारमा जान नहुने धारणा राख्नुभएको छ ।
उहाँले भन्नुभयो,’ शिक्षण पेशा चुनौतीपूर्ण छ तर महत्त्वपूर्ण छ ।’शनिबार ललितपुरको एक विद्यालयमा आयोजित अभिभावक दिवसको कार्यक्रममा बोल्दै उहाँले युवा जनशक्ति विदेशिने अनि युवाबिना नेपालमा केही गर्न नसकिने भएकाले युवालाई स्वदेशमै रोजगारी बनाउनुपर्ने धारणा राख्नु भएको हो । शिक्षा भनेको कक्षा कोठामा पढाउने मात्र होइन्; व्यवहारिक ज्ञान सीप आदि पनि दिनुपर्छ। उहाँले भन्नुभयो,’ शिक्षण च्यालेन्जिङ् र चुनौतीपूर्ण छ तर महत्त्वपूर्ण पनि छ ।’समाजले जुन सेक्टरलाई महत्व दिन्छ त्यो ग्रोथ हुन्छ । प्रमुख राठोरले ललितपुरलाई एजुकेशन हब्स बनाउन चाहँदा शुभकामना स्कुलले एक इट्टा थप्ने काम गर्छ। शुभकामना स्कुलाई शुभकामना छ भन्नुभएको छ । करियरको नाममा वैदेशिक रोजगारमा लाग्नुभएका विद्यार्थी भाइबहिनीहरुलाई स्वदेश मै बसेर केही गर्न उहाँले आग्रह गर्नुभयो। अभिभावकको चाहना आफ्ना नानी बाबु डाक्टर,इन्जिनियर र पाइलट आदि बनोस् भन्ने हुन्छ ।अब असल शिक्षक बनोस् भन्ने पनि हुनुपर्यो; उहाँको भनाइ थियो ।०७६ सालमा सभ्य र भव्य अभिभावक दिवस मनाएको शुभकामना मावि भोलढोकाले परिस्थितिका कारण केहि वर्ष अभिभावक दिवस मनाउन रोकिनु परेको थियो । अघिल्लो वर्ष साधारण खेलकुद र मनोरञ्जन कार्यक्रम मात्र गरेको शुभकामना मावि स्कुलले यो वर्ष भने सभ्य र भब्य तरिकाले ३७ औँ अभिभावक दिवस मनाएको हो । प्रधानाध्यापक राजेन्द्र उप्रेतीबाट स्वागत मन्तव्य राखी सुरु गरिएको कार्यक्रममा सभाध्यक्ष विद्यालयका म्यानेजिङ डाइरेक्टर मनोज उप्रेती रहनुभएको थियो । अभिभावक प्रतिनिधित्व कवि थापाले गर्नुभएको थियो ।११ बजे सुरु हुने भनिए पनि कार्यक्रम पौने १२ बजेमात्र सुरु भएको थियो । कार्यक्रममा गीत, नृत्य,नाटक आदि प्रस्तुत भएका थिए । विद्यालयको क्यालेण्डर अनुसार गरिएका विभिन्न किसिमका प्रतियोगितात्मक कार्यक्रमहरुको पदवी,सम्मान र पुरस्कार प्रमुख अतिथि निमप्रकास सिंह राठोरको हस्ताक्षरमा सभाध्यक्ष मनोज उप्रेती तथा प्रधानाध्यापक राजेन्द्र उप्रेतीबाट वितरण गरिएको थियो । शुभकामना विद्यालय प्राङ्गणमा शनिबार दिनभर भएको उक्त अभिभावक दिवस कार्यक्रमको उद्घोषण नेपाली विषयका एचओडी विष्णु आलेले गर्नुभएको थियो।