स्कुटी चोरी गरी फरार भएका ३ जनालाई पक्राउ

बैशाख १ गते बेलुका ६ बजेको समयमा ईनरुवा न.पा.वडा नं.-०१ मा पार्किङ गरिराखेको को २५ प ५५६८ नं. को स्कुटी चोरी भएको थियो।

चोरी भएको सुचना हुन साथ जिल्ला प्रहरी कार्यतालय सुनसरीबाट खटिएको विशेष प्रहरी टोलीले मिति बैशाख २ गते जिल्ला सुनसरी ईनरुवा नगरपालिका वाड नं.-०५ बाट स्कुटी र चोरी गर्ने मानिसहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने जिल्ला सुनसरी गढी गा.पा.-०१ बस्ने बर्ष २३ को आषिश खान, ऐ.ऐ.बस्ने बर्ष २६ को मोमताज आलम र ऐ.ऐ. वार्ड नं.-०२ बस्ने बर्ष ३० को घनश्याम यादव लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चोरी संलग्न रहेकाहरुलाई जिल्ला अदालतबाट दिन ०७ (सात) को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।