१० पटकसम्म वडाध्यक्ष पदमा बिजयी ललितपुर मनपाका नरसिंह व्यञ्जनकारको निधन

लगातार १० पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा १० का वडाअध्यक्षमा निर्वाचित भएका नरसिंह व्यञ्जनकारको निधन भएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार व्यञ्जनकारको आइतबार नर्भिक अस्पतालमा निधन भएको हो । स्थानीय चुनावमा आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकार बिजयी
भएपछि उनी पराजित भएका थिए। नरसिंहले २०२९ सालबाट लगातार चुनाव जित्दै आएका थिए।
व्यञ्जनकारलाई रेगुलर चेकअपका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको जनाइएको छ । करीब ४ बजेतिर उहाँको नर्भिक अस्पतालमा नै निधन भएको लपुमनपा प्रमुख चिरिबाबुले बताएका छन् ।