नेपाल सरकारले ग्याल्पो ल्होसार अवसरमा सोमबार सार्वजनिक बिदा दिएको जनाएको छ ।यससँगै फागुन २८ गते सोमबार देशभर सार्वजनिक बिदा हुने भएको हो । सरकारी कार्यालय,सरकारी विद्यालय तथा सो मातहतका कार्यालय बन्द रहने भए पनि केही निजी शिक्षालय भने खुल्ने सम्भावना देखिएको छ । प्याब्सनस्रोत बताउँछ; नजिकिँदै गरेको एसईई र बीएलईलाई मध्य नजर गर्दै केही बोर्डिङ स्कूल खुल्ला कि?’ फाटफुट वित्तीय संस्थाहरु बन्द रहने सम्भावना देखिएको हो ।धर्मावलम्बीको हिसाबले हेर्दा ग्याल्पो ल्होसार बौद्धधर्म सँग सम्बधित छ । नेपालको संविधान अनुसार नेपाल धर्मनिरपेक्ष राज्यको रुपमा रहेको छ ।
सोमबार ग्याल्पो ल्होसार, सार्वजनिक बिदा
