“मगर माघे सकराती-२०८२” सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको प्रमुख आतिथ्यतामा टुंडीखेल, काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक भौतिक नैतिक सांगठनिक रुपले रात दिन नभनी कार्यक्रम सफल पार्न मुख्य रूपमा लाग्नु हुने नेपाल मगर संघ केन्द्रिय सदस्य आदरणीय अध्यक्ष ज्यु लगायत यहाँको सिंगो केन्द्रिय समिति परिवारमा हाम्रो संस्था नेपाल मगर सांस्कृतिक संघलाई यो महत्वपूर्ण जिम्मेवारी दिनु भएकोमा आभार प्रकट गर्दछौं र हाम्रो हरेक कार्यक्रम सफल पार्नको निम्ति सहकार्य गर्दै अहोरात्र अथाह मिहिनेत गर्ने नेपाल मगर सांस्कृतिक संघ विशेष उपत्यका समन्वय समितिकी अध्यक्ष केशु पुन मगरज्यू र महासचिब पार्बती थापा मगर ज्यु लगायत यहाँको सिङ्गो टिमसँगै पूर्वी सम्पर्क अध्यक्ष सुरज थापा मगरज्यू र मध्य सम्पर्क अध्यक्ष रेशम आले मगर ज्यू पश्चिम सम्पर्क कमल घर्ती मगर ज्यु रात दिन नभनी कार्यक्रम सफल पार्न लाग्नु भएकोमा यहाँहरु सम्पूर्णमा पनि सांस्कृतिक संघ केन्द्रिय समितिको तर्फबाट आभार प्रकट गर्दछौं ।त्यसैगरी नेपाल मगर संघ केन्द्रिय सम्पर्क समन्वय समितिका आदरणीय अध्यक्ष ज्यु लगायत यहाँको सम्पूर्ण कार्य समिति प्रति र यहाँको मातहत आबद्ध सम्पूर्ण जिल्ला समितिहरु प्रति पनि हार्दिक आभार प्रकट गर्दछौं ।र,नेपाल सरकार सांस्कृतिक संस्था राष्ट्रिय नाच घरका महाप्रबन्धक आदरणीय किरण बाबु पुन मगर ज्यू लगायत नाच घरका सम्पूर्ण कलाकारहरुमा पनि सहकार्यको लागि सम्मान ब्यक्त गर्दछौं । त्यसैगरी अन्य आबद्ध सस्थाहरु! बुढानीलकण्ठ मगर समाज, मगर उत्थान समाज गंगबु, लुगम्याल समाज काठमाण्डौं,सेरोफोरो लाङघाली मगर समाज, तकसेरा समाज काठमाण्डौं, भुमे समाज काठमाण्डौं, भुमे पर्व संरक्षण नेपाल,अथार मगरात मगर प्रतीष्ठान, कोराल समाज काठमाण्डौं, अथारमगरात कलाकार संघ र सबै अथार मगरात कलाकार संघका कलाकार ज्युहरु प्रति पनि सम्मान सँगै भेजा समाज काठमाण्डौं,मगर सांस्कृतिक संघ बाग्मती प्रदेशका अध्यक्ष प्रकाश दर्लामी मगर ज्युको टिम र सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगर ज्युको होल टिम लगायत सहभागीताको लागि यहाँहरु सम्पूर्णमा अन्तर मनदेखि नै सम्मान टक्र्याउन चाहनछु । लाखौ मगरहरुको उपस्थिति रहेको कार्यक्रम संचालन गर्दै गर्दा हाम्रो र हाम्रा संस्थाका कार्यक्रम संचालक ज्युहरु राम्रो गर्दै गर्दा पनी कतै तलमाथि हुन सक्छ सबैको चित्त नबुझ्न सक्छ कार्यक्रम गर्दै गर्दा समय नपुग हुनसक्छ यो पटक छुटेकालाई अर्को कार्यक्रममा जोड्न सकिन्छ कमी कमजोरीलाई निराकरण गर्न कार्यक्रमको समिक्षा गर्दै समाज ठुलो बनाउनको लागि काम गरौं आफु ठुलो बन्नको लागि हैन भन्ने भनाईलाई सिरोपर गर्दै फेरि पनि पौष ३० र माघ १ गतेको यो भब्य कार्यक्रम सफल पार्नको निम्ति उपस्थित सम्पूर्ण मगर तथा गैर मगर जनमा नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट मनै बिच्छ्याएर हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछौँ ।
नन्द घर्ती मगर
अध्यक्ष
नेपाल मगर सांस्कृतिक संघ
केन्द्रीय समिति परिवार
