नेपाल मगर संघको कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति

मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनीहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने कौडा, घाटु, नचरी, सोरठी, झ्याउरे, रोदी र हुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनीहरूको हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ। हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ। हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच पनि भन्ने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा….’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतिर छिरेका मगरहरूले यो नाच आफैँले जन्माए हुन्।

हुर्रा नाचको उद्गम स्थल धनकुटा जिल्लाको मुढेबास रहेको बताइन्छ। हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाकेपश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ। मादल मगरहरुको जातीय बाजा हो ।अहिले यसलाई सबै जातजातिका मानिसहरूले बजाउने गर्छन्। मादल पाएपछि मगरहरू रमाइ रमाइ नाच्छन् । त्यसो त तेस्रो स्थानमा जनसंख्या रहेको रामेछाप जिल्लामा मगरहरूले खयाली,मारुनी धाँसी गीतलाई आफ्नो जातको गीत माने पनि पूर्खाले छोडेर गएको यस्तो गीत र नाचलाई युवापुस्ताले संरक्षण गर्न नसकिरहेको नेपाल मगर संघ रामेछापका अध्यक्ष लालबहादुर थापा बताउँछन्।मगरहरुले खैजेडी बजाएर कौरागीतमा पश्चिममा नाचेर जोगाएको संस्कृति अनि पूर्वको मगरहरूले जोगाएको ख्याली मारुनी संस्कृति आजभोलि लोप हुने अवस्थामा पुग्दा आफूलाई दुःख लागेको उनी बताउँछन्। त्यही भएर पनि आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले टुडिखेलमा ३० गते अनौपचारिक रुपमा सुरु भइ माघ १ गते औपचारिक रुपमा प्रधानमन्त्री सुशीला कार्कीले कार्यक्रम उद्घाटन गर्ने नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष रक्षा रैका मगरले जानकारी दिए।

धनकुटा बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वती देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।

हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ। किन भनें हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरू तम्तयार भएर बसेका हुन्छन्। नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ। त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन्। हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ। मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवती, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन्। यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ। यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ। ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो। यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ।
देशभरका मगरहरूले आफ्नो संघको निमन्त्रणामा माग ३० र १ गते टुडिखेलमा विविध साँस्कृतिक कार्यक्रम गर्ने नेपाल मगर संघ मन्थली नगरपालिकाका सचिव विष्णु आले मगरले बताए ।
ऋषिमुनि भन्ने बित्तिकै झुसे बाहुन,बाहुन भन्ने बित्तिकै भारतको लखेटाइ बाट नेपाल भित्रेका सर्णाथी , शरणार्थी भन्ने बित्तिकै काशी बाट गोत्र परम्परा भिराइदिएर हिन्दु धर्म जबर्जस्ती लादेको भन्ने बुझाइ MNO DGG अन्तरगतका पहिचान वादी मगरहरुको छ ।

सबैले बुझ्ने छोटाे भाषामा भन्ने हो भने वैद्विक कालमा ऋषिमुनि हरुले आफ्ना कुल वंशको अस्तित्व कायम राख्न र आफ्ना सन्ततीहरुको पहिचानको लागी ऋषिमुनि बाट आरम्भ भइ हजुर बुवा , बुवा,छोरा ,नाति ,पनाती हुँदै आफ्ना सन्तान दर सन्तान अघि बढ्ने ऋषि वंशनै गोत्र हो ।
अरु देशको थाह भएन तर हिमवत खण्डमा बसोबास गर्ने सबैको आ आफ्नै गोत्र अवश्य हुन्छ । आफ्नो जाती र मातृ भाषामा गोत्र लाई जे बोलेपनि आखिर सबैको गोत्र अनिवार्य हुन्छ नै । कतिपय गोत्र तिनधाम तिर्थस्थल जाँदा लेखिएका पुस्तकका लिखित खेस्रा कागजबाट लिइएको तथ्यलाई बुझ्नुपर्ने हुन्छ ।
मगरका मुख्य थरहरु :- १ आले २ थापा, राना
अन्य
घर्ती पुन बुढा / बुढाथोकी रोका/ रोकाया
मगर जाती र गोत्रहरु:-
आले:सूयवंशी, गोत्र:तपसी/तपस्या (यसका १२ हाँगा) ११९ उपथर-जस्तै
क्यापछाकी,रेशमी,परेवा,धोर्जु…..
भारद्वाज गोत्र : खपाङ्गी,लुङ्गेली,मगर
देवकन्या गोत्र: ल्यायो , आत्रय गोत्र: पुलामी,पाङ्मी ,दर्लामी थापा मगर,समाल मगर,कालिकोटे थापा मगर
कैशिल्या( कौडिन्य) गोत्र: यसमाली थापा मगर,मास्की राना मगर,बुढाथोकी मगर,रेग्मी खप्तरी मगर,काला घर्ती
गंगा गोत्र: लुङ्गेली मगर
काशी ( कश्यप)गोत्र: बुर्जा मगर,दूध राना मगर,घर्ती
महेश ( मार्काण्डेय) सिठुङ मगर,काला घर्ती, घर्ती मगर
मत्स्य गोत्र गाहा मगर र अन्य यसका उपथर हरुमा हुन्छ ।
यी मध्ये राम गोत्र,वशिष्ठ गोत्र,तपस्या गोत्र,शिव गोत्रहरु मगरका अन्य १४२८ उपथरहरुमा लागू हुन्छ
मान्ने नमान्ने आ आफ्नो कुरा हो । जबर्जस्ती कसैलाई गरिएको होइन। विशेषत: नेपालमा मुख्य आले थापा र राना मगरका ३ थर हुन।यसका १२ हाँगा छन् ।ती मध्ये आले राना र थापाका ११९,१३६ र १२० उपथर छन् भन्ने कथन सुन्नमा पाइन्छ ।हुन त कतिपय देशमा जातका कुरा कर्मका आधारमा चयन गरिएको र नेपालमा पनि त्यसैलाई आधार मान्न सकिँदैन भन्न मिल्दैन् ।