चर्चित गायिका अर्चना स्याङ्तानको स्वरमा रहेको दोहोरी गीतको एल्बम हालै बजारमा आएको छ । पुष्कर चौलागाईं र बालचन्द्र घोरासैनीको शब्द रहेको यस दोहोरी गीतमा लोकजीवनको परिदृश्यलाई दुरुस्तै उतार्न खोजिएको छ । लयमा पुष्कर चौलागाईं छन् भने एरेन्ज विष्णु तामाङले गरेका छन् । भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् । कोरियोग्राफीमा नितिन वाइबा छन् भने गीतमा अभिनय दीपेन्द्र सोनाम, अस्मिता रोका, र माया गुरुङले गरेका छन् ।गीतको पोस्ट प्रोडक्शन रोयल मुभिज प्रा.लि.ले गरेको छ । सम्पादन तथा पोस्टर विष्णु खड्काले तयार गरेका हुन् श्रृंगारमा मोहन लामा छन् ।
अहिले गीतलाई बजारमा दर्शकले मन पराइ रहेका छन् ।
अर्चना स्याङतानको सुमधुर आवाजमा आयो अल्लारे गीत
