शुक्रबार शुभकामना बोर्डिङ स्कूलमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । गाउँले जीवन भन्दा सहरिया जीवन वेस भन्ने शीर्षकमा करीब १४ जना विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा कक्षा ८ कि छात्रा सिलोनी महर्जन प्रथम भइन भने कक्षा ९ की छात्रा सुजिता शाक्य द्वितीय र कक्षा १० का छात्र आर्यन सिलवालले तृतीय स्थान प्राप्त गरेका थिए । सत्यम सरको संचालनमा भएको सो वादविवाद प्रतिस्पर्धा कार्यक्रममा सिनियर टिचर बुद्ध चक्रधर कार्यक्रमका सचेतक थिए । निर्णायक मन्डलमा मावि नेपाली शिक्षक विष्णु आले र निमावि नेपाली शिक्षिका गायत्री म्याम थिए ।
करीब ३ घन्टा चलेको सो प्रतिस्पर्धामा हेर्न विद्यालयका सबै विद्यार्थी उपस्थित थिए । विद्यालयले पढाइसँगै हप्तामा एकदिन अतिरिक्त क्रियाकलापहरु वादविवादमा, निबन्ध,कविता लेखन र वाचन, क्वीज, नाँच,गायन, म्युजिक,चेस,फुटबल,चित्रकला,
पौडी आदि गर्दै आएको छ ।