शिवपुरी गाउँपालिका वडा नं ६ गुर्जेभन्ज्याङ स्थित अस्थाई प्रहरी पोष्ट गुर्जेभन्ज्याङ नुवाकोटबाट खटिएको प्रहरी अधिकृतको टोलीले गुर्जेभन्ज्याङ चेकपोष्ट अगाडि सवारी साधन चेकजाँचको क्रममा बाइक चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई सात दिनको म्याद थप गरी अनुसन्धान पनि जारी गरिरहेको प्रहरी स्रोतले बतायो ।
जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं०३ बस्ने बर्ष १९ को आकाश लामाले चलाई नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ०१ बस्ने ३१बर्षका श्याम घलेलाई पछाडि सवार भई आएको बा ७८ प ४८२२ नम्बरको २२० सि सि को कालो रातो रङ्गको मोटरसाईकल रोकी चेकजाँच गर्दा चोरी गर्न प्रयोग गर्ने औजारहरु चेक बक्स थान९१, छिनो २ थान, चोक सेन्ट थान९१ सहित कागजात बिनाको सवारी साधन फेला परेको र नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ०३ बस्ने बर्ष ३२ को सञ्जय लामाले चलाएको बागमती ए ए ए ९८२८ नम्बरको २२० सिसिको मोटरसाईकल चेकजाँच गर्दा कागजात बिनाको प्रदेश०२,०३२ प ६५९६ लेखिएको नम्बर प्लेट समेत छुट्टै राखी ल्याएको अवस्थामा फेला परेकोले तत्काल रितपूर्वक बरामद गरी यस कार्यालयमा ल्याईएकोमा उल्लेखित मोटरसाईकलहरु चोरी गरी ल्याएको भनी खुल्न आएकोले सम्बन्धित मोटरसाईकल धनीहरु आवश्यक कागजात सहित कार्यालयमा उपस्थित भई निजहरु बिरुद्व चोरी सम्बन्धी कसूरमा जाहेरी दरखास्त दिइएको र चोरीमा संलग्न ३ जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो