स्ववियु निर्वाचन-२०८१ कार्यतालिका सार्वजनिक गरिएको छ । विश्वविद्यालय स्व.वि.यु. निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरिएतको हो।
त्रिभुवन विश्वविद्यालयले जारी गरेको तालिका अनुरुप संङ्घ/सङ्गठन/समूह दर्ता गर्ने अन्तिम समय २०८१ फागुन १९ गते दिनको ३:०० बजेसम्म रहेको छ। भने २०८१ फागुन २१ गते बिहान १०:०० बजे मतदाता सूची प्रकाशित गर्नेछ। फागुन २५ गते दिनको १:०० बजेसम्म मतदाता सूची उपर दाबी बिरोध गर्ने समय र फागुन २५ गते दिनको ५ बजे मतदाता सूची उपर दाबी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशित गर्ने जानकारी दिएको छ।
त्यसैगरी फागुन २६ गते ११ बजे देखि २ बजेसम्म उम्मेदवारको लागि मनोनयनपत्र बितरण (प्रत्यक्ष र समानुपातिक दुबैको लागि) तालिका छ। फागुन २७ गते ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ।
फागुन २७ दिनको ५ बजे दुबैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। फागुन गते विहान ११:०० बजेदेखि दिनको २:०० बजेसम्म दुबैतर्फको उम्मेदवारको नामावली उपर दाबी विरोधगर्ने अन्तिम समय तोकिएको छ भने सोही दिन ५ बजे दुबैतर्फको दाबी बिरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने समय तोकिएको छ।
त्यसैगरी फागुन २९ गते दुबैतर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय दिइने छ । सोही दिन दिनको २ बजे दुबैतर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने समय तोकिएको छ।
तालिका अनुसार मतदान मिति २०८१ चैत ०५ गते बिहान ८:०० बजेदेखि दिनको ४:०० बजेसम्म निर्वाचन हुने तालिकामा उल्लेख छ। स्ववियु निर्वाचनको लागि दल आवद्ध भातृसंगठनका युवाहरुको सक्रियता बढ्न थालेको मान्न सकिन्छ ।
