मिलन फिल्मको सुटिङ जापानमा सम्पन्न

मिलन फिल्म प्रोड्क्सन प्रालिले लोक , पप, आधुनिक गीतको सुटिङ सम्पन्न गरेको छ ।जापानको टोकियो सहरमा उक्त सुटिङ कार्यक्रम सम्पन्न गरेको हो । इन्द्र बहादुर खाति, उद्वव कार्की , महेन्द्र राज बराल, सुमन सेन्चुरी, हिराकाजी सेन्चुरी , वश्वदिप कालिकोटे, सुरेन खड्का , सरन बिके सुमन श्रेष्ठ लगायतका कलाकर्मीको उपस्थितिमा सुटिङ सफल भएको कुराको जानकारी मिलन फिलिम्स प्रोडक्सन प्रालिका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए। जपान भ्रमण तथा सुटिङ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्थाहरूलाई धन्यवाद दिदै मिलन फिलिम्स प्रोडक्सन तथा सहआयोजक प्रियसी म्यूजिक प्राली नेपालले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।