केही समय अघि उस्सुमा उत्साह प्रदर्शन गरेको हाइभ्यु अंग्रेजी माध्यमिक विद्यालयमा शुक्रबार बृहत विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।एकदिने सो प्रदर्शनीमा सेन्सर मोटरकार र सेन्सर डस्बीन, हाइड्रोलिक प्रेसर लगायतका विद्यार्थी निर्मित सामग्रीका स्टलहरु प्रदर्शित थिए । महालक्ष्मी नगरपालिका वडा नं -५ का वडाध्यक्ष कपिल केसीको विशेष अवलोकन भ्रमणमा प्याब्सनका प्रदेश अध्यक्ष मुरारी सन्जेल,जिल्ला अध्यक्ष तारा खनाल नगर अध्यक्ष मिलन श्रेष्ठले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।कक्षामा थोरै विद्यार्थी राखेर क्वालिफाइट टिचरबाट अध्यापन गराइदै आएको हाइ भ्यु स्कुलमा करीब ३५० विद्यार्थी अध्ययनरत छन् ।गरीब जेहेन्दार विद्यार्थीहरुलाई विशेष छुट सहित अध्यापन गराइने हाइ भ्यु स्कुलमा डान्स, म्युजिक, रोबोटिक्स्,उसु लगायत अतिरिक्त कक्षा निःशुल्क चलाइएकाले पनि भर्नाका लागि भीड लाग्ने गरेको प्रधानाध्यापक सुन्दर श्रेष्ठले भनाइ छ ।यस वर्ष पनि भर्नाका लागि सीमित कोटा रहेकाले चाँडै रजिष्ट्रेशन गराउन श्रेष्ठले अभिभावकलाई आग्रह गरेका छन् । अतिरिक्त क्रियाकलापका शिक्षा निःशुल्क पढाइदै आएको पनि उनले प्रष्ट पारे।
उसुमा चर्चित हाइ भ्यु स्कुलमा अतिरिक्त क्रियाकलापका शिक्षा निःशुल्क अध्यापन
