लामो समयसम्म विवादमा रहेको कोशी प्रदेश
नामाकरणलाई कसरी सुल्झाउन सकिन्छ भन्ने विषयमा आदिवासी जनजातिको मोर्चाले शनिबार करिब चार घन्टा बहस गरेको छ ।प्रज्ञा प्रतिष्ठानको हलमा भएको एक कार्यक्रममा उपस्थित विभिन्न पार्टीका आदिवासी जनजाति विज्ञहरुले सो बहस गरेका हुन् ।
बहस कार्यक्रममा तामाङ,मगर, लिम्बू,राई लगायतका संघसंस्था सम्बन्धित प्रतिनिधित्व व्यक्तिहरुले आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले कोशी प्रदेश नामाकरण ठिक नभएकोले आन्दोलन जारी रहने बताएका छन् ।ठुला दल आवद्ध नेता नेतृत्वको गलत निर्णयले पूर्वमा आन्दोलन गर्नु परिरहेको ती नेताहरुले बताएका थिए । कार्यक्रममा उपस्थित नेताहरुले आन्दोलनको भावी रणनीति शान्तिपूर्ण जनविद्रोहको हुने बताएका छन् ।
हेर्नुहोस् यस्तो छ भिडियो हेर्नुहोस कार्यक्रममा उपस्थित नेताहरुले गरेको भाषण क्लीप्स